Skip to main content

किशोर मृत्युप्रकरण– नोभा अस्पतालमा तोडफोड, २० लाख बराबरको क्षती

Submitted by editor on
ईबिगुल संवाददाता
नोभा अस्पताल

धनगढी : कञ्चनपुरको बेलौरीका १७ वर्षिय युवक नसीव चौधरी मृत्यु प्रकरणले उग्र रुप लिएको छ । मृतकका आफन्तहरुले चिकित्सकलाई कारवाही र क्षतीपूर्ती माग गरेका छन । आक्रोसित पिडितका आफन्तहरुले अस्पतालमा ढुंगामुढा गरेर अस्पताल तोडफोड गरेका छन ।

नोभा अस्पतालका सूचना अधिकारी पदमराज भट्टले अस्पतालको बाहिरि डेकोरेशन, झ्यालका सिसा, रिसेप्शन, फार्मेसी, रिसेप्शनका कम्प्युटर लगायतका सामान तोडफोड भएको बताए । उनले बाहिरबाट हानिको ढुंगाले माथिल्लो तलामा रहेको अपरेशन कक्षका उपकरणहरुमा पनि क्षती पुगेको बताए ।

‘अहिले मृतकका आफन्तहरुसँग छलफलमै ब्यस्त छौं, तर १५÷२० लाखको क्षती भएको छ’ भट्टले भने । नोभा अस्पतालमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको पहरा छ । ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

अस्पतालमा ढुंगामुढा गरिरकेका बेला प्रहरीले छेकेपछि प्रहरी माथि नै ढुंगामुढा गरेपछि प्रहरीले ६ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । अस्पतालको आसपासमा ठुलो संख्यामा पिडितका आफन्तहरु बसिरहेका छन । 

जन्डीसको विरामी भएर साउन ८ गते नोभा अस्पतालमा भर्ना भएका बेलौरीका नसिब चौधरीको शुक्रबार अपरान्ह मृत्यु भएको थियो । मृतकका आफन्तले उपचारमा संलग्न फिजिसियन डाक्टर रामचन्द्र पौडेलले लापरवाही गरेकाले उनीमाथि कारवाहीको माग गरेका छन ।

नसिभका मामा रामकृष्ण चौधरीले अस्पतालले लापरबाही गरेको आरोप लगाए । उनका अनुसार परिवारले बारम्बार अन्यत्र रिफर गर्न आग्रह गरेपनि अस्पतालले ढिलाई गरेको उनको आरोप छ ।