बाजुरा : बाजुराको स्वामीकार्तिक खापर गाउपालिकाको उपाध्यक्ष पदमा नेकपामा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उमेदवारले आफ्नो उमेदवारी फिर्ता लिएका छन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले नेकपा माओवादी केन्द्रकी उम्मेदवार राजु कुमारी विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार सुनादेवी थापा भोटे (धामी)ले उम्मेदवारी फिर्ता लिएको जनाएको छ ।
मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले दुुबैजनाले उमेदवारी फिर्ता लिएको बताए । गाउँपालिकामा रिक्त उपाध्यक्ष पदका लागि पाँच दलले मनोनयन दर्ता गराएका थिए ।
२०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको २०८० माघ ४ गते निधन भएपछि रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो । रिक्त पदका लागि सत्तारुढ दल नेपाली कांग्रेस, एमाले र एकीकृत समाजवादीबिच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
२०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेस उम्मेदवार जोशीले एक हजार ८१० मत ल्याएकी थिइन । उपनिर्वाचनमा हाल ९ मतदानस्थल र सात हजार चार सय ६० मतदाता रहेका छन् । मनोनयन दर्ता गराएका तीन दलका उम्मेदवारलाई आज नै चुनाव चिन्ह प्रदान गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।