Skip to main content

जब एमाले सचिव लेखराज भट्टले भने, ‘ओलीलाई धेरैले बुझेकै छैनन’

Submitted by editor on
उनले प्रेस चौतारीका सदस्यहरु जनता र समाजसँग जोडिएकाले जनताको पार्टी प्रतिका्े धारणा ल्याईदिन आग्रह् गरे ।
शिवराज भट्ट
लेखराज भट्ट

धनगढी : नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम ईञ्चार्ज लेखराज भट्टले एमालेमा केपी शर्मा ओलीको विकल्प नरहेको बताएका छन । प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिको दोस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रमको शुक्रबार महन्द्रनगरमा उद्घाटन गर्दै सचिव भट्टले यस्तो बताएका हुन ।

‘एमालेभीत्र केपी शर्मा ओलीको विकल्प नै छैन’ उनले भने । पार्टीको स्थाई कमिटि, पोलिटब्युरो हुदै केन्द्रिय कमिटिले निर्णय नै गरिसकेको बताउदै पार्टीभीत्र दक्षिणपन्थी अवसरवाद माथि पनि गतिलो प्रहार भएको बताए ।

‘एमालेभीत्र विद्या भण्डारीलाई सम्मानीत भएर बस्नका लागि निर्णय भयो, आमरुपमा बुझ्ने मान्छेहरुले त्यसलाई नराम्ररी पनि बुझे । तर त्यो दक्षिणपन्थ माथिको ठुलो प्रहार थियो’ उनले भने । उनले नेपालमा दुई तिहाईको नजिक पुगेको एमालेलाई दुई  बाट तीन दल बनाउनमा पनि दक्षिणपन्थीको हात रहेको बताए ।

मन्तब्यको अधिकांस समय पार्टी अध्यक्ष ओलीको बारेमा खर्चेका सचिव भट्टले केपी ओलीलाई सबैले बुझ्न नसक्ने बताए । ‘मैले त अहिलेसम्म बुझ्न सकेको छैन । उहाँले गर्नुहुने हरेक निर्णय दूरगामी हुन्छ । उहाँको दृष्टि महाकालीबाट हेरे मेचीसम्म पुग्छ, तर मेरो दृष्टि बढीमा चितवन सम्म पुग्ला’ उनले भने ।

उनले नेपालको दूरगामी महत्वका लागि सोच्ने ब्यक्ति ओली भएको बताए । ‘धेरैले ओलीलाई बुझेकै छैनन, उहाँमा के छ मलाई थाहा छैन । २४ घण्टामा १८ घण्टा काममा खटिने अद्भूत क्षमता उहाँमा छ’ नेता भट्टले भने । 

उनले प्रेस चौतारीका सदस्यहरु जनता र समाजसँग जोडिएकाले जनताको पार्टी प्रतिका्े धारणा ल्याईदिन आग्रह् गरे । ‘तपाईहरु जनता र समाजसँग जोडिनु भएको छ । तपाईले पत्रकारितामा स्वतन्त्र हुनुपर्छ तर पार्टीबारे जनताको धारणा के छ भन्ने कुराको मात्रै सहयोग गर्नु भयो भने पार्टीले जनपक्षिय नीति बनाउन सक्छ’ उनले भने ।

कार्यक्रममा नेकपा एमालेका जनसंगठन विभागका प्रमुख भानुभक्त ढकालले पनि एमालेमा अहिले नै ओलीको विकल्प खोज्ने बेला नआएको बताए । ‘विद्या जीलाई पार्टीले उपाध्यक्ष बनायो, दुई÷दुई पटक राष्टपती बनायो, उहाँले संविधानको संरक्षकका रुपमा बस्नपर्छ, पार्टीको यही निर्णय हो’ ढकालले भने ।

उनले विद्या भण्डारीको पार्टी सदस्यता नविकरण भएको कुरा नपत्याउन आग्रह गरे । ‘राष्टपतिले पार्टीको सदस्यता त्याग्नुपर्छ, उहाँले पनि पार्टीको पार्टी सदस्यता त्याग्नु भएको हो । उहाँको पार्टी सदस्यता नविकरण भएको छैन’ नेता ढकालले भने ।
प्रदेश अध्यक्ष नरेन्द्र सिह कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा चौतारीका केन्द्रिय अध्यक्ष गणेश पाण्डेले पनि पार्टीमा ओलीको विकल्प नरहेको बताए । 

कार्यक्रममा एमाले पोलिटब्युरो स्दस्य तथा कञ्चनपुर ईञ्चार्ज निरुदेवी पाल, एमालेका प्रदेश अध्यक्ष कष्ण प्रसाद जैसी, प्रदेश प्रचार तथा प्रकाशन विकाग प्रमुख भागरथी विष्ट, पार्टीको केन्द्रिय प्रचार विभाग सदस्य हेमन्त पौडेल, नेपाल पत्रकार महासंघका तर्फबाट प्रदेश उपाध्यक्ष मान बहादुर साउद लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा चौतारीका उपाध्यक्ष चेतन अधिकारी र महासचिव हिरा लामाले प्रशिक्षण दिएका थिए ।