Skip to main content

नेपाल र भारत ‘ए’बीचको खेलमा वर्षा बाधक बन्दै

Submitted by editor on
ईबिगुल संवाददाता
हङ्कङको मोङ्ग कोकस्थित मिसन रोड ग्राउन्ड

काठमाडौं : एसीसी महिला इमर्जिङ टिम्स कपअन्तर्गत बिहीबार तय भएको नेपाल र भारत ‘ए’बीचको खेल वर्षाका कारण ढिलो सुरु हुने भएको छ।

 

हङ्कङको मोङ्ग कोकस्थित मिसन रोड ग्राउन्डमा वर्षका कारण टस पनि हुन सकिरहेको छैन। मंगलबार पहिलो खेलमा नेपाल पाकिस्तान 'ए' सँग ९ रनले पराजित भएको थियो। पाकिस्तानले प्रस्तुत गरेको ८८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७८ रन मात्र जोड्न सक्यो।

 

भारतले पहिलो खेलमा हङकङलाई ९ विकेटले हराएको थियो। समूह 'ए' बाट दोस्रो चरण प्रवेशको सम्भावना कायम राख्न नेपालले आज भारतमाथि जित्ने पर्ने दबाब छ। भारतसँगको हारले नेपालको यात्रा समूह चरणमा सीमित हुनेछ।

 

समूह 'ए' मा भारत १ खेलमा २ अंकसहित शीर्ष स्थानमा छ। समान खेलमा दोस्रो स्थानको पाकिस्तान ए को पनि २ अंक छ। तेस्रो स्थानको नेपाल र चौथो स्थानको हङकङ अंकविहिन छन्।

 

नेपालले समूह चरणको अन्तिम खेलमा शनिबार घरेलु टोली हङकङको सामना गर्नेछ।