Skip to main content

कञ्चनपुरको दोधाराचाँदनीमा नरभक्षी बाघ यसरी नियन्त्रणमा आयो (तस्विरहरु)

Submitted by editor on
ईबिगुल संवाददाता
नरभक्षी पाटेबाघ

कञ्चनपुर : कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा नरभक्षी पाटेबाघ नियन्त्रणमा लिईएको छ । 

बर्दिया राष्ट्रिय निकुञ्जको टोली, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी र आरक्ष सुरक्षामा खटिएको नेपाली सेनाको टोलीले बाघ नियन्त्रणमा लिएका हुन । 

विहीबार  बिहान दोधारा चाँदनी नगरपालिका–२ कमला शाह टोलमा बाघको आक्रमणबाट सोही ठाउँकी २३ वर्षीया हीरा शाहको मृत्यु भएको हो । शाहको मृत्युपछि बाघ नियन्त्रणको प्रयास गरिएको थियो । 

हिजो देखि नै शाहलाई आक्रमण गरेको स्थानको उखुबारीलाई सुरक्षाकर्मी र निकुञ्जकर्मीहरुले घेरा हालेका थिए । बाघ नियन्त्रणमा लिनका लागि चारवटा हात्तीको प्रयोग गरिएको थियो । नियन्त्रण टोलीले बाघलाई ड्रोन क्यामेराबाट फलो गरिरहेको थियो । 
तस्विरहरु : अर्नुन सिहको फेसबुकबाट