Skip to main content

सुदूरपश्चिममा काँग्रेसका कमल बहादुर शाहको मुख्यमन्त्रीमा दाबी पेश

Submitted by editor on
ईबिगुल संवाददाता
कमल बहादुर शाह

धनगढी : सुदूरपश्चिममा आज चौथो पटक सरकार गठन हुने भएको छ । आज काँग्रेसको तर्फबाट कमल बहादुर शाहले प्रदेशको चौथो मुख्यमन्त्रीका रुपमा दाबी पेश गरेका छन । 

मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाले आज बेलुकी ५ बजेसम्म नया सरकार गठनका लागि आह्वान गरेका थिए । शाहले काँग्रेसका १८ र एमालेका ११ गरी २९ जनाको हस्ताक्षर सहित दाबी पेश गरेका हुन । सरकार गठनका लागि २७ प्रदेश सभा सदस्य संख्या बहुमत हो ।

नागरिक उन्मुक्तिको रेशम पक्षका ५ जनाको पनि हस्ताक्षर आउने भनिएकोमा उनीहरुको संसदीय दलको बैठक बसिरहेकाले हस्ताक्षर हुन नपाएको काँग्रेस निकट स्रोतले बतायो ।