Skip to main content

कैलाली मोडेल माविका निराजन पाण्डेय आईएससीमा सुदूरपश्चिम टप

Submitted by editor on
ईबिगुल संवाददाता
कैलाली मोडेल माविका निराजन पाण्डेय आईएससीमा सुदूरपश्चिम टप

धनगढी : राष्ट्रिय परीक्षा बोर्डले शुक्रवार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा धनगढी उपमहानगरपािलका वडा नम्बर ४ उत्तरबेहडीमा रहेको कैलाली मोडेल माध्यामिक विद्यालयका विद्यार्थी निराजन पाण्डेयले सुदूरपश्चिम प्रदेशमा सर्वाधिक जिपिए ल्याएका छन् । 

विज्ञान विषयका विद्यार्थी पाण्डेयले ३ दशमलव ९२ जिपिए ल्याएका हुन । विद्यालयका प्रधानाध्यापक तपेन्द्रबहादुर सिंहले निराजन लगनशील र अनुशासित विद्यार्थी भएका कारण यो उपलब्धी हाँसिल गर्न सफल भएको बताए । उनले निराजन लगायत परीक्षामा उत्तीर्ण सबै विद्यार्थीहरुलाई बधाइ समेत दिएका छन् । 

कैलाली मोडेलमा जम्मा २३८ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । जसमध्ये १६५ जना उत्तीर्ण भएका छन् । उत्तीर्ण भएका १६५ जना मध्ये विज्ञान र व्यवस्थापन संकाय गरी ६ जनाको ए प्लस, ३१ जना विद्यार्थीको ए तथा बाँकी विद्यार्थीले बी प्लस र बी ल्याउन सफल भएका छन् ।

विज्ञान विषयमा सुदूरपश्चिममै उत्कृष्ट नतिजा ल्याउन सफल कैलाली मोडेलबाट कक्षा १२ को परीक्षामा ७७ प्रतिशत पास भएका छन । यसपटक ११३ जना परीक्षार्थी सहभागी भएकोमा ८७ जनाले उत्कृष्ट अंक प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक सिंहले बताए । 

निराजन, गोदावरी नगरपालिका अत्तरिया निवासी बुवा राजेशकुमार पाण्डेय र आमा लक्ष्मी पाण्डेयको दोश्रो सन्तान हुन् । पाण्डेय अहिले काठमाडौंमा इन्जिनियरिङको प्रवेश परीक्षाको तयारी गरिरहेका परिवारिक स्रोतले जनाएको छ ।