Skip to main content

सुरेन्द्र बहादुर पाल, गाविस अध्यक्ष देखि प्रदेशको मन्त्रीसम्म

Submitted by editor on
ईबिगुल संवाददाता
सुरेन्द्र बहादुर पाल

धनगढी : बैतडी निर्वाचन क्षेत्र (१) बाट निर्वाचन जितेका सुरेन्द्र बहादुर पाल सुदूरपश्चिमको भौतिक पुर्वाधार मन्त्री भएका छन । 

यसअघि २४ दिनका लागि आर्थिक मामिला मन्त्री भएका पालले पार्टीले दीर्घ बहादुर सोडारी नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएपछि राजीनामा दिएका थिए । 
उनी दोस्रो पटक प्रदेशमन्त्री नियुक्त भएका हुन । २०२७ सालमा बैतडीको डिलासैनी गाउपालिका वडा नम्बर ३ पंसेरामा जन्मेका पाल २०५४ सालमा गाविस अध्यक्ष भईसकेका हुन । 

२०५२ साल देखि नेकपा एमालेमा आबद्ध पाल २०५४ सालमा तत्कालिन रुद्रेश्वर गाविस अध्यक्ष भएका हुन । २४ वर्षको उमेरमा २७ वर्षको उमेरमा गाविस अध्यक्ष भएका पाल २०५५ सालमा नेकपा एमाले बैतडीको जिल्ला कमिटी सदस्य, २०६७ सालमा पार्टी जिल्ला कमिटी सचिव हुदै २०७१ साल देखि २०८० सम्म पार्टीका जिल्ला अध्यक्ष भए । 

उनले २०६२÷६३ को दोस्रो जन आन्दोलमा राजनीतिक दलको तर्फबाट बैतडीमा महत्वपूर्ण भुमिका खेलेका थिए ।