Skip to main content

बिमिस्टेक सम्मेलनमा उद्योगमन्त्री भण्डारीको सम्बोधन, सहज आयातबारे भारतीय समकक्षीसँग छलफल

Submitted by editor on
ईबिगुल संवाददाता
दामोदर भण्डारी

नयादिल्ली : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र भारतीय समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलबिच नयाँदिल्लीमा भेटवार्ता भएको छ । 

भेटका क्रममा मन्त्री भण्डारीले खाद्य सामग्रीको आयात सहज बनाउनुपर्ने बिषयमा समकक्षी गोयलको ध्यानाकर्षण गराएक छन । चामल तथा चिनि लगायतका खाद्य सामग्री नेपाल–भारत सीमानाका मै पाइने मुल्यमा नेपाललाई उपलब्ध गराउन आग्रह गरे । उक्त बिषयमा समकक्षी गोयलले आफ्ना कर्मचारीहरुलाई बोलाएर समस्या समाधान गर्न निर्देशन दिएका छन ।

निकासी शुल्क हेरफेर गर्ने बिषयमा पनि मन्त्री भण्डारीले समकक्षी गोयललाई आग्रह गरेका छन । यसमा मन्त्री गोयल सकारात्मक देखिएका छन । मन्त्री भण्डारीसंग भारतका पेट्रोलियम मन्त्री हरिजित सिंह पुरीले पनि शिष्टाचार भेट गरेका छन । 

बिमिस्टेक सम्मेलनका लागि भारत भ्रमणमा रहेका मन्त्री भण्डारीले नेपालमा व्यावसायिक उद्यम र लगानी बढाउन आग्रह गरे । बिमिस्टेक सम्मेलनमा सम्बोधन गर्दै उनले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) राष्ट्रका निजी क्षेत्रका प्रतिनिधिहरूलाई नेपालमा व्यावसायिक उद्यम र लगानी बढाउन आग्रह गरे । 

कन्फेडेरेसन अफ इन्डियन इन्डष्ट्रिजले विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको मन्त्रिस्तरीय बिम्स्टेकको व्यापार शिखर सम्मेलनमा उनले क्षेत्रीय मूल्यशृङ्खला र व्यापारमा नेपालको एकीकरणलाई सहयोग पु¥याउन तथा सहयोग बढाउन आग्रह गरे ।