Skip to main content

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भने ‘भदौ १५ गतेसम्म मलाई भेटन नआउनु’

Submitted by editor on
शिवराज भट्ट
कमल बहादुर शाह

धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले भदौको १५ गते सम्म आफुलाई भेटन नआउन अनुरोध गरेका छन । मुख्यमन्त्री शाहको सचिवालयले सूचना जारी गर्दै सुदूरपश्चिमबासी, शुभचिन्तक, नेता कार्यकर्ता सबैलाई कार्यब्यवस्ताले गर्दा भेटन नआउन आग्रह गरेको हो ।

मुख्यमन्त्री शाहले भदौ १५ गतेसम्म ब्यक्तिगत, संस्थागत कार्यक्रममा पनि नजाने र सामुुहिक भेटघाट तथा बधाईका सबै कार्यक्रमहरु बन्द गरेका छन । ‘मुख्यमन्त्री ज्युको कार्यब्यवस्तताले ब्यक्तिगत संस्थागत तथा सामुहित भेटघाट र बधाईका सबै कार्यक्रमहरु बन्द गरिएका छन’ सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

शाह साउनको २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएदेखि कार्यालयमा र निवासमा शुुभचिन्तक, नेता कार्यकर्ता र आफन्तहरुको घुईचो लागेको थियो । प्रदेशमा बजेट शून्यताको अवस्था छ । अध्यादेशबाट कर संकलन सुरु गरिएपनि प्रदेशको विनियोजन विधेयक निष्कृय अवस्थामा छ ।

सचिवालयले बजेट बनाउने, चालु वर्षको कामको योजना बनाउने लगायतका कामहरु, बधाई तथा भेटघाटले प्रभावित गरेकाले यस्तो सूचना नै जारी गर्नुपरेको जनाएको छ । प्रदेश सरकार अहिले बजेट बनाएर केही दिनमा संसदमा लैजाने तयारीमा जुटेको छ ।