Skip to main content

मुस्लिम युुवासँग भागिरहेकी लम्कीकी महिला धनगढी विमानस्थलबाट पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
नगढी विमानस्थलबाट पक्राउ

धनगढी : कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ८ की एम ३५ वर्षिया महिला मुस्लिम युवकसँग काठमाण्डौं भागिरहेको अवस्थामा धनगढी विमानस्थलबाट पक्राउ परेकी छन । 

ती महिलाले शुक्रबार दिउसो १ : ०५ बजेको श्री एयरलाईन्सको धनगढी–काठमाण्डौं टिकट काटेकी थिईन । महिलाले बोर्डिङपास बनाउने बेलामा काउन्टरमा संकास्पद गतिविधि गरेपछि प्र्रहरीले केरकार गर्दा उनी सुनसरी घर भएर हाल दुबईमा रोजगारी गर्दै आएका ३५ वर्षीय सुलेमान मनसुरी सँग भागिरहेको खुलेको हो ।

विमानस्थल सुरक्षा प्रमुख प्रहरी नायव निरिक्षक समुद्र पन्तले बोर्डिङ पास बनाउने बेला परिचयपत्र नदिएको, ठेगाना पनि गलत बताएको र कुराकानी गर्दा अकमकाएपछि पोस्टमा ल्याएर सोधपुछ गर्दा उनी भाग्न लागेको खुलेको हो ।

सुनसरीका ३४ वर्षका सुलेमान दुबईबाट सिधै काठमाण्डौं विमानस्थलमा ओर्लिएर धनगढी आएको प्रहरीको सोधपुछका क्रममा खुलेको छ ।  जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी डिएसपी रामदत्त बडुले भने, ‘प्रारम्भीक बयान अनुसार सुलेमान सिधै महिलालाई लिन विदेशबाट त्रिभुवन विमानस्थलमा ओर्लीएर धनगढी आएको खुलेको छ । हामीले महिलाको घर परिवारलाई खबर गरेका छौं । महिलाका श्रीमान जिप्रका आईरहनुभएको छ ।’ 

प्रहरीले ती महिलाका २ छोरा रहेको खुलेको जनाएको छ ।