Skip to main content

कञ्चनपुरमा ५ किलो चरेससहित २ जना पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
५ किलो चरेश

कञ्चनपुर : कञ्चनपुरमा ५ किलो चरेश सहित २ जना पक्राउ परेका छन । भीमदत्त नगरपालिका–३ ब्रहमदेव क्षेत्रबाट वडा सुकासालका ५३ वर्षीय शिवराज भट्ट र वेदकोट नगरपालिका सिसैयाका ३७ वर्षीय सुरेश सुनारलाई ५ किलो चरेश सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

लागुऔषध व्युरो शाखा कार्यालयका प्रमुख वरिष्ठ सई केशव जोशी र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट सई सुशील चन्दको कमाण्डमा खटिएको टोलीले चरेस बरामद गरेको हो ।

उनीहरूबाट २ थान  मोबाइल समेत बरामद गरिएको छ । दुबैजनालाई थप अनुसन्धानको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ ।