Skip to main content

बाजुराको गुईगाड पुल पास नहुँदै जीर्ण, यातायात सञ्चालनमा जोखिम

Submitted by editor on
पदमबहादुर सिंह
गुईगाड खोला


बाजुरा : साँफेबगर–मातडी सडक खण्डमा पर्ने गुईगाड खोलामा निर्माण भएको बेलिब्रीज पास नहुँदै लच्किएको छ । निर्माण कम्पनीले कमसल खालको सामाग्री प्रयोग गरेपछि पुल पास समेत हुन सकेको छैन ।

निर्माण कम्पनी राजेन्द्र थेगिम जेभीले २०६८ सालमा ठेक्का सम्झौता गरेको पुल २०७० को साउनभीत्रै सम्पन्न पुर्नपथ्यो । तर कम्पनीले पटक पटकको मद थप गर्दै २०७५ सालमा काम सकेको डक डिभिजन कार्यालय साफेबगरले जनाएको छ ।

डिभिजन कार्यालयले निर्माण सम्पन्न भएपछि त्यसको भार जाँच गर्दा पुल लच्किएको सडक डिजिभजनले जनाएको छ । ५ करोड ९६ भन्दा बढी लागतमा निर्माण भएको ६० मिटर लम्बाइको उक्त पुलले ४५ टन भार धान्नुपर्ने हुन्छ । पुल महाशाखाबाट आएको इन्जिनियरको टोलीले पुलको भार जाँच गर्दा ३० टन लोड समेत धान्न नसकेर पुल लच्किएर चर्किए पछि पुल पास भएको छैन । 

जिल्ला सदरमुकाम जोड्ने मुख्य सडक भएका कारण गाडीलाई आउजाउ गर्न सहजताका लागि हाल एक पटकमा एउटा मात्र गाडी हिँड्ने गरेर साइनबोर्ड टाँस गरेर पुल संचालनमा रहेको सडक डिभिजन कार्यालय साँफेबगर अछामले जनाएको छ । 

पुलले स्टमेट अनुसारको क्षेमता अनुरुप लोड भार धान्नुपर्ने सो पुलले लोड धान्न नसेकपछि दुर्घटनाको जोखिम रहेको भन्दै पुलको पुन ः निर्माण हुनुपर्ने स्थानीयहरुले बताएका छन् । 

सडक डिभिजन कार्यालय अछामका सूचना अधिकारी आकाश श्रेष्ठले पुलको लोड जाँच गर्दा धेरै लोड धान्न नसकेपछि दुर्घटना नहोस् भन्ने उद्देश्यले एक पटकमा एउटा मात्र गाडी आउजाउ गर्न साइनबोर्ड टाँस गरिएको बताए ।

२०६८ साल निर्माण कार्य सुरु गरिएको पुल सम्सल निर्माण सामग्री प्रयोग गरेर लामो समयसम्म निर्माण कार्य पुरा नभए पछि पुलको साईटबाट लेन्टर खुईलिएर सरिया देखीन थालेका छन् । साईटका पिल्टरका भाग गुईगाड खोलाले बगाएर जमिन भन्दा माथि निस्कीएका छन । पिल्लरको सुरक्षाको लागि कसैले पनि ध्यान नदिएको स्थानिय बताउछन । 

बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलका अनुसार गुईगाड पुल जोखिममा रहेको छ । लिल्लर सुरक्षाको लागि सडक डिभिजन कार्यालय साफेबगरलाई धेरै पटक जानकारी गराएको बताए । निर्माण सक्पनीले पुल हस्तान्तरण नगरेकोले सडक डिभिजनले काम गर्न नमिल्ने जवाफ आउने गरेको प्रमुख जिल्ला अधिकारी पोडेलले बताए ।

सडक डिभिजन कार्यालय साफेबगर अछामका प्रमुख  रमेश चौधरीले निर्माण कम्पनीले काम पुरा नगरेको  बताए ।  तर सडक डिभिजन कार्यालयले निर्माण कम्पनीलाई करिब ९५ प्रतिशत रकम निकासा गरिसकेको छ ।