Skip to main content

धनगढी एयरपोर्टमा ६ घण्टाको अवधिमा ९७.२ मिलिमिटर वर्षा रेकर्ड

Submitted by editor on
धनगढी एयरपोर्ट

धनगढी  ः ६ घण्टाको अवधिमा कैलालीको धनगढी एयरपोर्ट आसपासमा भारी वर्षा भएको छ । धनगढी एयरपोर्टमा राखिएको जल मापन यन्त्रले ९७.२ मिलिमिटर वर्षा रेकर्ड गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

तीन घण्टादेखि कञ्चनपुरको दोधारा केन्द्रमा पनि भारी वर्षा भएको छ ।  दोधारा मौसम मापन केन्द्रमा तीन घण्टाको अवधिमा ४४.६ मिलिमिटर वर्षा रेकर्ड भएको छ । दोधारा चाँदनीमा असारको अन्तिम साता आरिघोप्टे बर्षा भएको थियो । 

मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट केही उत्तर दिशा तर्फ सरेको छ । यसको प्रभावले नेपालमा अन्य दिनको तुलनामा मनसुन सक्रिय भएको छ । मौसमविद्का अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपालतिर सरेमा नेपालमा बढी पानी पर्दछ ।मंगलबार रातिदेखि नै पूर्वदेखि पश्चिमसम्म निरन्तर पानी परिरहेको छ । आज बिहान सम्म सबैभन्दा धेरै वर्षा मधेश प्रदेशको पर्सा जिल्लामा भएको छ । पर्साको टाँडीमा विगत ६ घण्टाको अवधिमा १४५.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ । यसैगरी बाराको सिमरा एयरपोर्टमा १२९.४ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नुवाकोटको ककनी, कैलालीको टीकापुर लगायत स्थानमा पनि भारी वर्षा रेकर्ड भएको छ । हिजो (मंगलबार) राति कैलालीको कान्द्रा नदी, पहलमानपुर जलमापन केन्द्रमा जलसतहले सतर्कताको तह पार गरेको थियो ।