Skip to main content

अविरल वर्षाका कारण कैलालीभरी ५ सय परिवार डुवानमा

Submitted by editor on
कैलारी गाउपालिकाको मनिकापुर र बन्दरगौडीका १६ परिवार विस्थापित भएका छन ।
शिवराज भट्ट
कैलारी गाउपालिकाको मनिकापुर र बन्दरगौडीका १६ परिवार विस्थापित भएका छन ।

धनगढी : मंगलबार राती देखि परिरहेको अविरल वर्षाले कैलालीका ५ सय परिवारका १७ सयजना डुबानमा परेका छन । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले दिएको जानकारी अनुसार सबैभन्दा बढी कैलालीको भजनी नगरपालिका र कैलारी गाउपालिका डुबानमा परेका छन । 

दुबै स्थानीय तहमा ५ सय परिवार डुबानमा परेका छन । कैलारी गाउपालिकाको मनिकापुर र बन्दरगौडीका १६ परिवार विस्थापित भएका छन । उनीहरुलाई वडा कार्यालयको उचोस्थानमा राखिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । 

भजनी र कैलारी सँगै जानकी गाउपालिका, जोशीपुर गाउपालिका, घोडाघोडी र गौरीगगा नगरपालिकाका अधिकांश बस्ती जलमग्न भएका छन् ।
भजनीमा मात्रै ४ सय बढी घर डुबानमा परेका जोशीले जानकारी दिए । कैलारी ५ वयनपुरमा घरमा पानी पसेपछि निस्कने क्रममा ४२ वर्षीय लोकमाया चौधरीलाई पानीले बगाएको थियो । उनको उद्धार पछि धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

अहिले पनि कैलालीमा साना ठुला नदीमा पानीको बहाव बढिरहेको छ भने निरन्तर वर्षा भइरहेको छ । बाढीको जोखिम अझै बढ्न सक्ने भन्दै जोखिम क्षेत्रमा रहेको स्थानीयहरूलाई सुरक्षित ठाउँमा आउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरिसकेको छ । 

अहिले स्थानीय पालिका, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य समेत जारी रहेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र सहितका सुरक्षा अधिकारी डुवानग्रस्त क्षेत्रको भ्रमणमा गएका छन ।