Skip to main content

टीकापुरको खक्रौलामा क्वारेन्टाईनका लागि दबाब दिन संघीय सांसदहरुलाई एसएमएस

Submitted by editor on
परमानन्द पाण्डे
टीकापुरको खक्रौला

टीकापुर  ः खक्रौलास्थित सत्ती भन्सार कार्यालयमा क्वारेन्टाइन स्थापनाको माग गर्दै आजदेखि संघीय जनप्रतिनिधिहरूलाई एसएमएस पठाउन थालिएको छ।

क्वारेन्टाइनको माग गर्दै आन्दोलनमा उत्रिएको टीकापुर उद्योग वाणिज्य संघको आह्वानमा कैलाली क्षेत्र नं। १, २ र ३ का स्थानीयहरूले यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय प्रतिनिधिलाई एसएमएस पठाउन थालेका हुन्।

कैलालीका तीनवटा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने संघीय सांसद रञ्जिता श्रेष्ठ चौधरी, ईश्वरीदेवी न्यौपाने, मदनकुमारी शाह गरिमा, नारायणदत्त मिश्र, रुपा शोसी चौधरी, अरुणकुमार चौधरी र गंगाराम चौधरीको मोबाइलमा एसएमएस पठाउन थालेको हुन्।

तीनवटै क्षेत्रबाट प्रतिनिधि सभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरूलाई पठाइएको एसएमएसमा ‘माननीयज्यू, नमस्कार, ०७५ मै मुल भन्सार भएको सत्ती भन्सारमा क्वारेन्टाइन कहिले स्थापना हुन्छ रु’ भनिएको छ।

भन्सार कार्यालयमा क्वारेन्टाइन स्थापनाको माग गर्दै संघले यसअघि सत्तीस्थित क्वारेन्टाइनको कार्यालयमा बोर्ड राख्ने, भन्सार कार्यालयमा तालाबन्दी गर्ने, प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो। 
त्यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाह, कैलालीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो।

क्वारेन्टाइन कार्यालय नहुँदा यस क्षेत्रका व्यवसायीहरूले अन्यत्रबाट भन्सार गर्नुपरेकाले आन्दोलनमा उत्रिन बाध्य भएको संघका वरिष्ठ उपाध्यक्ष सन्तोष खड्काले बताए। उनले संघले टीकापुर क्षेत्रवासीलाई यस क्षेत्रका सांसदहरूलाई एसएमएस गर्न आग्रह गरेका छन्। 

 अन्नपूर्ण पोस्टबाट