धनगढी : कैलालीमा मोटरसाइकल र हायस आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–२ जनकपुरमा हाइस र मोटरसाइकल आपसमा ठोकिएका हुन्। मोटरसाइकल चालक गौरीगंगा नगरपालिका–११ का ४५ वर्षीय नरबहादुर कडायतको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ। सोमवार दिउँसो बागमती प्रदेश ०१–००६ ख ७१५० नम्बरको हायस र से ७ प ७३७२ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका थिए।
दुर्घटनामा घाइते भएका मोटरसाइकमा सवार कडायतलाई घोडाघोडी अस्पतालमा उपचारका लागि लगिएकोमा घोडाघोडी अस्पतालका चिकित्सकले कडायतलाई मृत घोषणा गरेका प्रहरीले बताएको छ। चालक लम्की चुहा नगरपालिका–१ का राजेश चौधरी र हायसलाई प्रहरीले नियन्त्रणमा लिएको छ।