Skip to main content

बाजुरेली सेवा समाज धनगढीको तीज विशेष भेटघाट तथा दर खाने कार्यक्रम

Submitted by editor on
ईबिगुल संवाददाता
तीज विशेष भेटघाट

धनगढी : बाजुरेली सेवा समाज धनगढीले हरितालिका तीज विशेष भेटघाट तथा दर खाने कार्यक्रम आयोजना गरेको छ । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको पूर्व सन्ध्यामा धनगढीमा शनिबार महिला दिदि बहिनीहरुका लागि भेटघाट तथा दर खाने कार्यक्रमको आयोजना गरेको हो । 

कार्यक्रमको प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री सांसद सन्तोषी कुमारी थापा थिईन । थापाले तीज पर्वलाई धेरै भड्कीलो बनाउनु भन्दा पनि यसको संस्कार जोगाउन आवश्यक रहेको बताईन् । अहिलेको व्यस्त दुनियाँमा तीजले महिला दिदिबहिनीहरुलाई एक ठाउँमा भलाकुसारी तथा भेटघाट गर्ने एक राम्रो माध्याम बनेको उल्लेख गरिन् ।

कार्यक्रमको अध्यक्षता बाजुरेली सेवा समाजका अध्यक्ष भरत केसीले गरेका हुन । कार्यक्रममा समाजका सल्लाहकार गंगाराम पाध्याय, समाजका पूर्व अध्यक्ष बजिरसिंह धामी लगायत महिलाहरुको उल्लेखीए उपस्थिति रहेको थियो ।

“कला संस्कृत हाम्रो पहिचान, संरक्षण गर्ने हाम्रो जिम्मेवारी” भन्ने मूल नाराका आयोजना गरेको कार्यक्रममा बाजुरेली समाजका महिला दिदि बहिनीहरुले नाचगान तथा दर समेत खाएका हुन् । यस बर्षको हरितालिका तीज भदौ १० गते परेको छ । यस दिन महिला दिदिबहिनीहरुलाई सरकारले समेत विदा दिने गरेको छ । कार्यक्रमको सञ्चालन समाजका सचिव हर्क ओलीले गरेका हुन ।