धनगढी : प्रहरी पब्लिक ब्याडमिण्टन क्लबको अध्यक्षमा दोस्रो कार्यकालका लागि चेतराज जोशि निर्विरोध निर्वाचित भएका छन । प्रदेश प्रहरी कार्यालयको हाता भित्र रहेको ब्याडमिण्टन हलमा सम्पन्न दोस्रो अधिबेशनबाट जोशिको अध्यक्षतामा ११ सदसिय समिति निर्वाचित भएको हो ।
क्लवको उपाध्यक्षमा मेम्वर सिंह, सिचवमा शैलेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा राजेन्द्र वहादुर वम निर्वाचित भएका हुन् । क्लवको सदस्यमा राम बहादुर बोहरा, रोशन सिंह, प्रेम बिष्ट, गणेश शाह, नरेन्द्र वहादुर चन्द, दान बहादुर बडैला, टेक वहादुर साउँद निर्वाचित भएका छन् ।
चेतराज जोशिको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख डिआईजी डम्बर वहादुर बिक रहेका थिए । कार्यक्रमको सन्चालन सचिव शैलेन्द्र श्रेष्ठले गरेकन थिएभने स्वागत मन्तव्य उपाध्यक्ष मेम्बर सिंहले गरेका थिए ।