Skip to main content

कञ्चनपुरमा सशस्त्र प्रहरीको ‘स्ट्रीङ्ग अप्रेशन’ : ५९ लाखको सामान बरामद

Submitted by editor on
ईबिगुल संवाददाता
सशस्त्र प्रहरी

महेन्द्रनगर : भन्सार छलेर गोदामा भण्डारण गरिएको अवस्थामा सशस्त्र प्रहरीले कञ्चनपुरबाट ५९ लाख बराबरको भन्सार छलेर ल्याएको सामान बरामद गरेको छ । 

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण हेड क्वाटर शैलेश्वरीले जिल्लाको भिमदत्त नगरपालिका–३, भाँसी आनन्द टोलस्थित सिद्धार्थ ईन्जिनीयरिङ्ग अटो वर्कसप नजिकैबाट ५८ लाख ९३ हजार मूल्यको भन्सार छलीको सामान बरामद गरेको हो ।

केन्द्रीय ईन्टेलीजेन्स ब्यूरोबाट प्राप्त सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरबाट सशस्त्र प्रहरी निरीक्षक खगेन्द्रबहादुर चन्दको कमाण्डमा खटिएको टोली र जिमुवा विओपीबाट सशस्त्र प्रहरी नायव निरीक्षक भरतबहादुर चन्दको कमाण्डमा खटिएको संयुक्त टोलीले भाँसी चोकदेखि पश्चिम ब्रम्हदेव सडक नजिकको गोदामबाट उक्त सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीबाट खटिनुभएका सशस्त्र प्रहरी उपरिक्षक खगेन्द्र बहादुर चन्दले थान कपडा, साडि धोत्ती, मोबाईलका चार्जर, जुक्ता, पर्दा र जीम गर्नेहरुले खाने प्रोटीका पेटीहरु बरामद भएको जनाएको छ । 

सशस्त्र प्रहरीले आईतबार बेलुकी सामान बरामद गरेर सोमबार दिउसो कञ्चनपुर भन्सार कार्यालयर्ला बुझाएको छ । सामान बुझाउदा सम्म कुनै पनि ब्यपारीले सामान दाबी गर्न नआएको सशस्त्र प्रहरीले जनाएको छ ।