Skip to main content

दार्चुलामा बाँदर धपाउन गएका ठगुन्नाको भीरमा लडेर मृत्यु

Submitted by editor on
ईबिगुल संवाददाता
 मृत्यु

दार्चुला : दार्चुलामा मकै खान आएका बाँदर भगाउने क्रममा एकजनाको मृत्युभएको छ । जिल्लाको नौगाड गाउँपालिका–१ साङपाङका ४५ वर्षका उदय सिंह ठगुन्नाको बरभगे भन्ने भीरमा खसेर मृत्यु भएको हो । 

नजिकै रहेको मकैबारीमा बाँदर आएपछि ठगुन्ना बाँदर भगाउन गएका स्थानीय प्रेम बडालले बताए । बुधबार विहान बिहान ९ बजेतिर ठगुन्नाको बाँदर धपाउने क्रममा भीरबाट लडेर घटनास्थल मै मृत्युु भएको उनले बताए । ठगुन्ना भीरबाट करिब ३०० मिटर तल खसेका थिए ।