Skip to main content

पानीमा डुबेर अछाममा बालकको मृत्यु

Submitted by editor on
ईबिगुल संवाददाता
डुबेर मृत्यु

अछाम : अछाममा पानीको खल्डोमा डुबेर एक बालकाको मृत्यु भएको छ।

साँफेबगर नगरपलिका १ ग्वालेकोट स्थित बुढीगंगा नदी किनारामा ढुङ्गा, गिठ्ठी निकाल्दा बनेको खाल्डोमा बुढीगंगा नदी बढ्न गई पानी जमेको स्थानमा खेल्ने क्रममा सोही ठाउँ बस्ने सानु दमाईको छोरा ११ वर्षीय सक्षम परीयारको शुक्रवार मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय साँफेबगर, अछामबाट खटिएको प्रहरी टोलीले स्थानियको सहयोगमा उक्त खाल्डोबाट निकालेर उपचारको लागि न्याय हेल्थ अस्पताल बयलपाटा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीले जनाएको छ।