Skip to main content

देउवाले कर्मचारीलाई भने ‘कांग्रेस र एमालेबीच कुनै मतभेद छैन, सरकारलाई सहयोग गर्नुहोस’

Submitted by editor on
एजेन्सीहरुको सहयोगमा
देउवा

काठमाडौं : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच कुनै पनि विषयमा मतभेद नरहेको बताएका छन् । उनले एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी राजनीतिक दल भएपनि मुलुकका साझा एजेण्डामा दुई दलबीच मतभेद नरहेको बताएका हुन् ।

बुधबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनद्वारा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले व्यवस्था जोगाउने विषयमा कांग्रेस र एमालेबीच कुनै मतभेद नभएको स्पष्ट पारेका हुन् ।

देशको अवस्था चुनौतीपूर्ण रहेको बताउँदै सभापति देउवाले यसको प्रभाव कर्मचारीमा परेको बताए। उनले यसबारेमा चिन्ता नलिइकन सरकारले गरेका निर्णयहरूको कार्यान्वयन गर्न पनि कर्मचारीसँग  आग्रह गरे। उनले एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी राजनीतिक दल भएपनि मुलुकका साझा एजेण्डामा दुई दल एक ढिक्का हुने बताए ।

‘अहिलेको बेला चुनौतीपूर्ण अवस्था पनि छ । चुनौतीपूर्ण अवस्थामा कर्मचारी युनियनका साथीहरूको अझ बढी जिम्मेदारी छ । कहाँ चुनौती छन् सबैले बुझ्नु भएकै होला । प्रजातान्त्रिक प्रणालीलाई हामीले जोगाउनुछ । त्यसमा हामी सबै लाग्नुछ। यसका सम्बन्धमा आफ्ना आफ्ना मतभेद होलान् । एमाले पार्टीसँग कांग्रेस र कांग्रेस पार्टीसँग एमालेको होलान्। 

तर, एउटा कुरामा यो बहुदलीय  प्रजातान्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा दुई पार्टीका बीच कुनै मतभेद छैन’ उनले भने । ‘खास–खास कुरामा हाम्रो एउटै धारणा भएको हुनाले कुनै विवाद छैन ।’