Skip to main content

सेती प्रादेशिक अस्पताल धनगढीबाटै क्यान्सरको उपचार हुने

Submitted by editor on
ईबिगुल संवाददाता
सेती प्रादेशिक अस्पताल

धनगढी : सेती प्रादेशिक अस्पताल धनगढीबाटै क्यान्सरको उपचार सुरु गरिने भएको छ ।

सेती प्रादेशिक अस्पतालमा क्यान्सर उपचार सेवा सुरु गर्न चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सहयोग गर्ने भएको हो ।

क्यान्सर उपचार सेवा सुरु गर्न बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालतर्फबाट कार्यकारी निर्देशक डाक्टर शिवजी पौडेल र सेती प्रादेशिक अस्पतालतर्फबाट प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डाक्टर शेरबहादुर कमरले सम्झौतामा हस्ताक्षर गरेका गरेका छन् ।