धनगढी : कैलाली बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख ठाकुर प्रसाद ढुंगेलले गेटामा बनिरहेको मेडिकल कलेजको ढिलाई हुनुमा स्वर्थ समुहको खेल भएको बताएका छन । उनको भनाई जस्ताको तस्तै :
मेडिकल कलेज सबै प्रदेशहरुमा बनिसके । तर सुदूरपश्चिममा बनेन । ६ प्रदेशमा सरकारी मेडिकल कलेजहरुमा पढाई हुन थालेको सूचना आयो । यहाँ किन बनेन त ? यो बुझिने कुरा त छ नी । स्वार्थ समुहको खेल हो जस्तो लाग्छ । जबकी मेडिकलको पुर्वाधार बनिसक्दा पनि एक सय शैयाको अस्पताल मात्रै किन ? मेडिकल कलेजका लागि त ३ सय शैया चाहिन्छ भन्ने कुरा ऐनमै ब्यवस्था छ ।
सय सैया घोषणा गरेकाहरुलाई के यो कुरा थाहा नभएको हो र ? यो भनेको सरकारको तर्फबाट सुदूरपश्चिमलाई लंगडो बनाउने प्रयास हो । यो नबन्नुमा कुन स्वार्थ समूमलाई के चाहिएको छ, त्यो अध्ययन गर्न जरुरी छ अब । स्वार्थ समुह छैन भने त यहीबाट प्रधानमन्त्री, यहीबाट गृहमन्त्री, अनेकौं नेताहरु यहीबाट किन बनेन त ? यसमा सबैले आवाज पनि उठाउनुपर्छ चासो पनि राख्नुपर्छ । यो अन्याय मात्रै होईन, अपराध हो जस्तो लाग्छ मलाई त ।
जुन प्रदेशमा ४५ प्रतिसत भन्दा धेरै गरिब छन, जुन प्रदेशका जनताको आय अरुको भन्दा कम छ, गरिवि हुनुभनेको विरामी पनि बढी हुनु हो । जहाँ बढी विरामी हुन्छन, त्यहाँ मेडिकल कलेज नखोल्नु भनेको राज्यले यो क्षेत्रका जनताप्रति गरेको अपराध हो भन्छु म त ।