Skip to main content

धनगढी उपमहानगरद्वारा सडक सफा गर्ने मेसिन ‘रोड वासर’ को उद्घाटन

Submitted by editor on
ईबिगुल संवाददाता
‘रोड वासर’

धनगढी  ः धनगढी उपमहानगरपालिकाले सडक सफा गर्ने मेसिन ‘रोड वासर’ को उद्घाटन गरेको छ । उपमहानगरको परिषरमा एक कार्यक्रमको आयोजना गर्दै उपमेयर कन्दकला रानाले सिटि बजाएर र हरियो झण्डा देखाएर ‘रोड वासर’को उद्घाटन गरेकी हुन । 

कालोपत्रे गरिएका सडकमा पानीको फोहरा दिएर सडक सफा गर्ने उद्देश्यले ‘रोड वासर’ खरिद गरिएको उपमहानगरले जनाएको छ । ६९ लाखको लागतमा खरिद गरिएको ‘रोड वासर’ ले फोहर र धुलाम्य भएको कालोपत्रे सडक सफा गर्नेछ भने त्यसले बोटविरुवामा पानी हाल्ने काम पनि गर्नेछ । 

उक्त ‘रोड वासर’ ले महामारीका बेला औषधी छर्किन पनि काम गर्ने बताईएको छ । उपमहानगरमा ‘रोड वासर’ को उद्घाटन पनि प्रदर्शन पनि गरिएको थियो । पानीको ट्यांकीमा धेरै प्रकारका प्रविधि जडान गरेर ‘रोड वासर’ लाई प्रयोगमा ल्याउने उपमहानगरले जनाएको छ ।

उद्घाटन कार्यक्रम पछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै मेयर गोपाल हमालले ‘हाम्रो धनगढी सफा धनगढी’ अभियान सफल पार्न ‘रोड वासर’ खरिद गरिएको बताए । उनले सानो सानो आगलागी नियन्त्रणका लागि पनि ‘रोड वासर’ प्रयोगमा आउने बताए ।