Skip to main content

बाजुरामा जीप दुर्घटनाहुँदा तीन जनाको मृत्यु, घाइतेको सेनाद्वारा उद्धार

Submitted by editor on
ईबिगुल संवाददाता
जीप दुर्घटना

बाजुरा : बाजुराको हिमाली गाउँपालिकामा भएको जीप दुर्घटनामा परी तीन जनाको ज्यान गएको छ । मृत्यु हुनेमा हिमाली गाउपालिका–५ की ६० वर्षीया बाँचा रोकाया, ६५ वर्षिया बिजौरा रोकाया र ३५ वर्षीया जुनेली रोकाया रहेको प्रहरीले जनाएको छ ।

बिहीवार बिहान हिमाली गाउँपालिका वडा नम्बर ५ क्युडीबाट धुलाचौर जाँदै गरेको जीप दुर्घटनामा परेको थियो । हिमाली गाउँपालिका–२ का २२ वर्षका गौरी बुढाले चलाएको बागमति प्रदेश ०३००१ज ०३३८ नम्बरको जीप कच्ची साघुँरो सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

जीपमा सवार १९ जना मध्ये चालक सहित १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देवबहादुर चौधरीले जानकार दिएका छन ।

घाईतेहरुको हेलिकप्टरबाट उद्धार

यस्तै दुर्घटनाका घाइतेहरुलाई हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेत पठाइएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत घाईतेहरुको उद्धार गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी सीतल रावलले जीप दुर्घटनाबाट घाइतेहरु मध्ये गम्भीर अवस्था भएका ४ जना, चालक गौरी बुढा, बाँचधन रोकाया, राम बहादुर बुढ्थापा र सुरेन्द्र शाहीलाई सुर्खेत लगिएको छ । मध्यम अवस्था भएकाहरुलाई उपचारका लागि कोल्टी अस्पतालाई लगिएको छ ।

घाइतेहरुको नामावली

१. हिमाली गा.पा. २ कोट बस्ने अन्दाजी २२ वर्षका गौरी बुढा (चालक) अवस्था गम्भीर
२. हिमाली ५ क्युडी बस्ने अन्दाजी ३५ की बाँचलाल रोकाया (अवस्था गम्भीर)
३. ऐ.ऐ. अन्दाजी २६ का धनसिंह रोकाया (अवस्था गम्भीर)
४. ऐ.ऐ. अन्दाजी ७० वर्षकी भदैरी रोकाया (अवस्था गम्भीर)
५. ऐ.ऐ. अन्दाजी २२ को बाँचधन रोकाया (अवस्था गम्भीर)
६. ऐ.ऐ.अन्दाजी ५० का छते रोकाया (अवस्था मध्यम)
७. ऐ.ऐ.अन्दाजी ४५ का वीरबहादुर बुढा (अवस्था गम्भीर)
८. ऐ.ऐ.अन्दाजी ७० का अम्म रोकाया (अवस्था गम्भीर)
९. ऐ.ऐ.अन्दाजी ४५ का भैजित बुढा (अवस्था गम्भीर)
१०. ऐ.ऐ. अन्दाजी १४ वर्षका दशरथ बुढा (अवस्था गम्भीर)
११. ऐ.ऐ.अन्दाजी १२ की अष्कली बुढा (अवस्था गम्भीर)
१२. ऐ.ऐ. अन्दाजी ५० का राजबहादुर बुढथापा (अवस्था गम्भीर)
१३. ऐ.ऐ. अन्दाजी ८ का साजन रोकाया (अवस्था मध्यम)
१४. ऐ.ऐ. अन्दाजी ५० का रनसुर सुनार (अवस्था गम्भीर)
१५. ऐ.ऐ.बिच्छ्या बस्ने अन्दाजी ३५ का दलबहादुर चदाँरा (अवस्था मध्यम)
१६. हुम्ला ताजाकोट गा.पा. ३ बस्ने अन्दाजी २६ का सुरेन्द्र शाही (अवस्था गम्भीर)