Skip to main content

धनगढीका मेयर हमालले रास्वपा अध्यक्ष लामिछानेलाई भने ‘गेटा मेडिकल विश्वविद्यालयको कुरा सदनमा उठाई दिनुस’

Submitted by editor on
कैलालीको गेटामा हिद दसरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माणको ९८ प्रतिसत निर्माण सम्पन्न भएको छ भने सरकारले त्यहाँ झण्डै ७ अर्व लगानी गरिसकेको छ ।
रवी लामिछाने

धनगढी : धनगढीका मेयर गोपाल हमालले कैलालीको गेटामा निर्माण भईरहेको सहिद दसरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका बारेमा संसदमा आवाज उठाई दिन राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेलाई आग्रह गरेका छन ।

धनगढी उपमहानगरले नियमित रुपमा गर्दै आएको स्वागत तथा सम्मान कार्यक्रमका लागि रास्वपाका अध्यक्ष लामिछाने सोमबार अपरान्ह धनगढी उपमहानगरपालिकाको कार्यालय पुगेका थिए । कैलालीको गेटामा हिद दसरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माणको ९८ प्रतिसत निर्माण सम्पन्न भएको छ भने सरकारले त्यहाँ झण्डै ७ अर्व लगानी गरिसकेको छ । 

सहिद दसरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य सूचना तथा प्रविधि समितिमा दफावार छलफलका लागि पठाईएको छ । २०८० को माघ २४ गते प्रतिनिधि सभामा टेबुल भएको उक्त विधेयक उपर खासै छलफल हुन सकेको छैन । उक्त समितिका रास्वपाका डाक्टर तोसिमा कार्की र सुमना श्रेष्ठ सदस्य छन । 

‘धनगढी उमपहानगरपालिकाको एक मात्र अनुरोध के हो भने गेटामा निर्माण भईरहेको मेडिकल विश्वविद्यालयको कुरा सदनमा उठाई दिनुस । यहाँका जनताले ठगेको महसुस गरिरहेका छन । औषधी नपाएर मर्नु परेको अवस्था छ । सरकारीमा २५ सयमा हुने उपचार प्रायभेटमा २५ हजार खर्च भईरहेको छ । मेडिकल विश्वविद्यालयको विधेयक शिक्षा समितिमा गएर अडकिएको छ । त्यसलाई छिटो ल्याउन पहल गरिदिनुस’ मेयर हमालले लामीछानेलाई अनुरोध गरे ।

जवाफमा लामिछानेले सुदूरपश्चिमका जनताको स्वास्थ्य र शिक्षासँग जोडिएको उक्त विधेयकका लागि सदनमा कुरा उठाउने प्रतिवद्धता ब्यक्त गरेका छन ।