Skip to main content

सुदूरपश्चिममा २ महिनादेखि बजेट सुन्यता, भागबण्डा मिलाउन नसकेको प्रतिपक्षीको आरोप

Submitted by editor on
आर्थिक मामिलामन्त्री बहादुर सिह थापाले बजेटबारे कुनै विमती नरहेको बताए भने एमाले संसदस्य दलका नेता राजेन्द्र सिह रावलले पनि बजेट सुधार्नमा समय लागेको बताए ।
सून्यताको अवस्था

धनगढी : सुदूरपश्चिममा २ महिनादेखि बजेट सून्यताको अवस्था कायमै छ । पुरानो सरकारले असार १ गते ल्याएको बजेट पास हुन नसकेको र नयाँ सरकार गठन भएको ३८ दिनसम्म पनि बजेट ल्याउन नसक्दा प्रदेशको आर्थिक गतिविधि सुन्य छ । 

िवकास निर्माणका कामहरु ठप्प छन भने प्रदेशभीत्रका कर्मचारीको तलब २ महिनादेखि रोकिएको छ । सुदूरपरिश्चममा असार १ गते तत्कालिन मुख्यमन्त्री दीर्घ बहादुर सोडारीको पालामा संसदमा प्रस्तुत भएको ३१ अर्वको बजेट पास नहुँदा आएको बजेट सून्यताको अवस्था, नयाँ सरकार गठन भएको ३८ दिनसम्म पनि उस्तै रहेको हो । 

साउनको २१ गते बनेको कमल बहादुर शाह नेतृत्वको सरकारले पनि भदौंको २६ गतेसम्म नयाँ बजेट ल्याउन नसक्दा बजेट सून्यताको अवस्था आएको हो । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले त सत्तामा रहेका दुुई ठुला दलका बीचमा योजना बाँडफाँडमा सहमति हुन नसकेकाले यस्तो अवस्था आएको आरोप समेत लगाएको छ ।

‘सत्तारुढ दलका नेताहरुबीच योजना बाँडफाँडमा र भागबण्डामा कुरो नमिलेकाले बजेट ढिलाई भइरहेको हो । असारमा बजेट ल्याउने पार्टी नेकपा एमाले पनि अहिले सरकारमै छ । त्यतीबेला एमालेले बजेट पास नगर्ने भूमीका खेल्यो, अहिले पनि सरकारले बजेटमा ढिलाई गरिरहेको छ’ नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता मान बहादुर धामीले भने ।

असारको १ गते तत्कालिन सोडारी नेतृत्वको सरकारका आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले ३१ अर्वको बजेट प्रस्तुत गरेका थिए । तर त्यो बजेट संसदमा पढियो मात्रै, दर्ता भएन । त्यसपछि केन्द्रमा सत्ता समिकरण फेरियो । सत्ता समिकरण फेरिएसँगै एमालेका मन्त्रीहरुले राजीनामा दिए भने बजेटमाथिको छलफल नै सुरु हुन सकेन । 

साउनको २० गते अल्पमतमा परेको सोडारी नेतृत्वको सरकारले पुरै १ महिनासम्म राजिनामा नदिएपछि साउनको २० गतेसम्म बजेट भ्याकुमको अवस्था बनिरह्यो । साउनको २० गते काँग्रेसका कमल बहादुर शाह मुख्यमन्त्री नियुक्त भए भने २१ गते उनले ७ वटै मन्त्रालयमा मन्त्री नियुक्त गर्दै पूर्ण सरकार बनाए । तर भदौको २६ गतेसम्म पनि बजेट आउन सकेको छैन । 

सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री बहादुर सिह थापा भने प्रतिपक्षीले लगाएको आरोपमा सत्यता नभएको दाबी गर्छन । ‘भागबण्डाको कुरै छैन । हामीले माननीय ज्युहरुलाई बजेटको सिलिङ दिएका छौं । प्रत्यक्ष तर्फका माननीयहरुले ४ करोड, समानुपातीकले २ करोडसम्मका योजना दिएका छन । त्यसमा पनि प्रार्थमिकिकरण भईरहेको छ’ आर्थिक मामिलामन्त्री थापाले भने ।

उनले पुरानो बजेटमा पुनरावलोकन गर्नुपर्ने भएकाले ढिलाई भएको बताए । उनले भदौंको ३१ गतेभीत्रै बजेट संसदमा प्रस्तुत हुने बताए । प्रदेश सभा सचिवालयले भदौं २७ गते सदन बोलाएको छ । २७ गतेको सदनमा प्रदेश सरकारले यसअघि सदनमा प्रस्तुत भएको बजेट खारेजीको प्रस्ताव लैजाने छ भने त्यसपछि सरकारले प्रतिस्थापन विधेयकका रुपमा नयाँ बजेट प्रस्तुुत गर्नेछ । 

सत्ता साझेदार दल नेकपा एमालेले पनि सोडारीका पालाको बजेटमा गरिएको बदमासी सुधार्नका लागि बढी समय लागेको प्रतिक्रिया दिएको छ । ‘पहिलेको बजेट बन्नुु भन्दा ३ दिन अघि मात्रै हामी सरकारमा गयौं, बजेटलाई चलाउन त परै जाओस सिस्टम बन्द भईसकेकाले हेर्न समेत पाईएन । बजेटमा बदमासी गरिएको रहेछ । अहिले बजेट पुनरावलोकन भएर आईरहेको छ’ नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र सिह रावलले भने । 

बजेट नआउदा २ महिना देखि प्रदेशभीत्रका पुर्वाधार निर्माणका कामहरु ठप्प भएका छन । संघीय सरकारले दिने ससर्त अनुदानको बजेट पनि प्रदेश बजेट नआएकाले चलाउन नपाईने भएको छ । प्रदेश सरकार मातहतका कर्मचारीहरुले २ महिनादेखि तलब खान पाएका छैनन । प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु उधारोमा ईन्धन मागिरहेका छन भने प्रदेशको आर्थिक गतिबिधि सुन्य प्राय भएको छ ।