Skip to main content

दार्चुलामा जिप दुर्घटना हुँदा १० जना घाइते

Submitted by editor on
ईबिगुल संवाददाता
दार्चुलामा जिप दुर्घटना हुँदा १० जना घाइते

दार्चुला : दार्चुलामा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। गोकुलेश्वरबाट दार्चुलाको सदरमुकामतर्फ गइरहेको से १ ज १०२२ नम्बरको जिप जिल्लाको मालिकार्जुन गाउँपालिका–७, धामीगाडामा दुर्घटना भएको हो ।

विहीबार साढे १२ बजेतिर जिप अनियन्त्रित भई नालीमा खस्दा १० जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी छत्र रावतले बताए । 

घाइते सबैको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । घाइतेहरूको परिचय खुलेको छैन। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।