Skip to main content

कैलालीमा डुबानबाट ९९ घरधुरी प्रभावित, ३४ परिवार विस्थापित (तस्विरहरु)

Submitted by editor on
ईबिगुल संवाददाता
 ९९ परिवारका ४४४ जना प्रभावित

धनगढी : बुधबार राती देखि परिरहेको अविरल वर्षाले पहाडि जिल्लाहरु पहिरोको चपटामा परेका छन भने तराईका जिल्लाहरुमा डुवान हुन थालेको छ । पहाडि ७ जिल्लाका अधिकांस राजमार्गहरुमा पहिरो आएर अवरुद्ध भएका छन भने तराईका कैलाली र कञ्चनपुरमा डुुबान हुन थालेको छ ।

जिल्ला विपत ब्यवस्थापन समितिले कैलालीमा शुक्रबार विहान ११ बजेसम्म ९९ परिवारका ४४४ जना प्रभावित भएको जनाएको छ भने ती मध्ये ३४ परिवार विस्थापित भएका छन । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकी गाउपालिका वडा नम्बर ४ को सुकुम्बासी टोलका १५ परिवार, कैलाली गाउपालिका ७ बसन्ताका २४ परिवार, जोशीपुर गाउपालिका ३  भीत्तरिया भन्ने स्थानका ६० परिवार डुबानबाट प्रभावित भएका छन  ।

ती मध्ये बढी ढुवान भएका ३४ परिवारलाई सुरक्षित स्थानमा सारिएको जोशीले बताए । ती स्थानहरुमा पथरैया, कटैनी र काँडा नदीको जलस्तर भरिएर घरभीत्र पसेको हो ।