Skip to main content

अटेरी गरेको भन्दै आन्दोलनकारीद्वारा सरकारी गाडी तोडफोड

Submitted by editor on
ईबिगुल संवाददाता
सरकारी गाडी तोडफोड

कैलालीको अत्तरियामा सरकारी गाडी तोडफोड गरिएको छ। मेडिकलविश्वविद्यालयको मागगदै आन्दोलनमा उत्रिएका आन्दोलनकारीहरुले १२ बजेसम्म सरकारी गाडी बन्द हुन भनेर नचलाई दिन आग्रह गर्दागर्दै पनि नमानेपछि तोडफोड गरेको जनाएका छन । 

पुर्वपश्चिम राजमार्गको चौकीडाँडामा सरकारी नम्बरको गाडी तोडफोड गरिएको हो। प्रदेश ३ ०१ ००२ झ ५२०२ नम्बरको गाडी तोडफोड गरिएको छ।  कारको पछाडीको सिसा तोडफोड गरिएको छ।

तोडफोड गरिएको गाडि जिल्ला अदालत बाँँँकेको रहेको बताईएको छ ।  गाडी तोडफोड भएको सूचना आएपछि प्रहरी घटनास्थल पुगिसकेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख गणेश बरालले बताए।