Skip to main content

सककर्मीहरुले देउडा गाएर विदा गरे डेउडिया दल बहादुर बोगटीलाई

Submitted by editor on
ईबिगुल संवाददाता
देउडा गाउदै

धनगढी : शुक्रबार सुदूरपश्चिम साहित्य समाजको परिषरमा देउडा गाउदै आँशु झरिरहेका थिए । डेडिया लक्ष्मण अधिकारी सहितका कलाकारहरु भक्कानीदै देउडा गाईरहेका थिए । 

देउडिया दलबहादुर बोगटीको पार्थीव शरिरमा फुलमाला सहितको अन्तिम श्रद्धाञ्जली दिदै कलाकारहरु रोईरहेका थिए । एउटा सालिक ब्यक्ति, देउडा भनेपछि हुुरुक्कै हुने बोगटीको दुर्घटनामा गम्भिर घाईते भएर विहीबार अपरान्ह मायामेट्रो अस्पतालमा निधन भएको थियो । उनको पार्थीव शरिर अन्तिम श्रद्धाञ्जलीका लागि सुदूरपश्चिम साहित्य समाजको परिषरमा राखिएको थियो ।

बोगटीलाई प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह सहितका ब्यक्तित्वहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरे । आफ्नो जीवनकालमा नेपाल प्रहरीको अनुशासनभित्र रहेर जति पदक जिते त्यो भन्दा बढी डेउडा प्रतियोगितामा भाग लिएर सम्मान र पुरस्कार प्राप्त गरेका उनै डेउडिया दल बहादुर बोगटी अब कुनै पनि डेउडा खेलमा देखिने छैनन ।

डेउडा प्रतिष्ठान सुदूरपश्चिम प्रदेशका अध्यक्ष तथा वरिष्ठ डेउडा गायकका रूपमा सुदूरपश्चिममै परिचित नाम हो दलबहादुर बोगटी । धनगढीको मटियारीस्थित केदारेश्वर धाममा कपल्लेकी जाँतमा डेउडिया भएर भदौ ३१ बेलुका डेउडा खेल्न गएका बोगटी साइकल चढेर राति घर फर्कने बेलामा हाइस गाडीले ठक्कर दिंदा गम्भीर घाइते भएका थिए । 

उपचारका क्रममा उनको विहीबार दिउँसो १ बजे मृत्यु भएको थियो भने आज उनै बोगटीको पार्थिप शरीरलाई सुदरपश्चिम साहित्य समाजको प्राणाग्रण बाट देउडा खेलर अन्तिम विादई गरिएको छ ।

डेउडा गाएरै उनले सुदूरपश्चिमाञ्चल साहित्य समाजबाट प्रतिभा पुरस्कार, नेपाल भाषा संस्कृति सम्बद्र्धन समाजबाट सम्मानित, जिजिकोट सलेना सेवा समाज डोटीद्वारा सम्मानित तथा विभिन्न चलचित्रमा पनि उनले कलाकारको भूमिका निर्वाह गरेका थिए ।