Skip to main content

दार्चुलामा १६ वर्षिया किशोरी बलात्कारको आरोपमा ५२ वर्षका पुरुष पक्राउ

Submitted by editor on
प्रहरीले किशोरीको पहिचान खुल्ने भएकाले र हाडनाता करणी भएकाले पक्राउ गरिएका ५२ वर्षिय पुरुषको पनि नाम सार्वजनिक गरेको छैन ।
ईबिगुल संवाददाता
युवतीलाई बलात्कार

दार्चला : दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ का ५२ वर्षीय पुरुषलाई आफन्त नाता पर्ने १६ वर्षिया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

मदिरा सेवन गरेर ती किशोरीलाई बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीले किशोरीको पहिचान खुल्ने भएकाले र हाडनाता करणी भएकाले पक्राउ गरिएका ५२ वर्षिय पुरुषको पनि नाम सार्वजनिक गरेको छैन  । 

१६ बर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ती पुरुषलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी छत्र रावतले बताए । किशोरीलाई बलात्कार गरेको भन्दै पीडित किशोरीको घर–परिवारले प्रहरीमा उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिएको उनले बताए ।

पीडित किशोरीको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । पक्राउ परेका पुरुषलाई आइतबार जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ । 

‘प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका ती पुरुषले पनि आंशिक रुपमा त्यस्तो आरोप स्वीकारेको अवस्थामा छ । पक्राउ परेका आरोपित पुरुषले प्रहरीसँगको बयानमा मदिरा सेवन गरेको अवस्थामा प्राइभेट पार्टहरु चलाएको भन्ने सम्म स्वीकार गरेको अवस्था छ तर विस्तृत रुपमा अनुसन्धान भइरहेकाले अहिले नै भन्न सकिने अवस्था छैन’ एक जना प्रहरी अधिकृतले भने ।