Skip to main content

बैतडीको पाटन विमानस्थलमा सेनाको पाँच पटक अभ्यास उडान

Submitted by editor on
ईबिगुल संवाददाता
नेपाली सेनाको जहाज पाँच पटक ल्याण्ड

धनगढी  ः बैतडीको पाटन विमानस्थलमा नेपाली सेनाको जहाज पाँच पटक ल्याण्ड गरेको छ ।  मंगलबार  बिहान ७ः३० देखि ९ः३० सम्म  जहाजले पाँच पटक ल्याण्ड गरेर उडान भरेको हो । 

नेपाली सेनाले सुर्खेतबाट पाटन विमानस्थलमा अभ्यास उडान गरेको बताइएको छ । नयाँ पाइलटले ल्याण्ड र टेकअपको अभ्यास उडान गरिरहेको बैतडी प्रहरीले जनाएको छ ।

बिमानस्थल खाली भएकाले अभ्यास उडान गर्न सहज भएकोले सुर्खेतमा रहेको सेनाले पाटन विमानस्थाल रोजेको बताइएको छ ।