धनगढी ः बैतडीको पाटन विमानस्थलमा नेपाली सेनाको जहाज पाँच पटक ल्याण्ड गरेको छ । मंगलबार बिहान ७ः३० देखि ९ः३० सम्म जहाजले पाँच पटक ल्याण्ड गरेर उडान भरेको हो ।
नेपाली सेनाले सुर्खेतबाट पाटन विमानस्थलमा अभ्यास उडान गरेको बताइएको छ । नयाँ पाइलटले ल्याण्ड र टेकअपको अभ्यास उडान गरिरहेको बैतडी प्रहरीले जनाएको छ ।
बिमानस्थल खाली भएकाले अभ्यास उडान गर्न सहज भएकोले सुर्खेतमा रहेको सेनाले पाटन विमानस्थाल रोजेको बताइएको छ ।