Skip to main content

बझाङको सुर्मा गाउपालिका ४ को वडाध्यक्षका लागि ६३३ मत खस्यो

Submitted by editor on
ईबिगुल संवाददाता
सुर्मा गाउँपालिकाको वडा नम्बर ४

बझाङ : बझाङको सुर्मा गाउँपालिकाको वडा नम्बर ४ मा वडाध्यक्ष पदमा भईरहेको मतदानमा ६६३ मत खरेको छ । निर्वाचन अधिकृतको कार्यालका अनुसार विहान सवा ११ बजेसम्म ६६३ मत खसेको हो । 

सुर्मा गाउपालिका वडा नम्बर ४ मा कुल १ हजार ५ सय ५४ मतदाता संख्या रहेको छ । मतदान शान्तिपूर्ण ढंगले भइरहेको निर्वाचन कार्यालय बझाङले जनाएको छ । 

सुर्मा ४ को वडाध्यक्षका लागि काँग्रेसबाट धिरेन्द्र पुजारा, एमालेबाट लखिचन्द्र बोहरा र माओवादी केन्द्रबाट पुष्कर बोहराको उमेदवारी परेको छ । एमालेका तत्कालिन वडाध्यक्ष सर्जन बोहराको मृत्यु भएपछि सुर्मा गाउपालिका ४ मा उप निर्वाचन भईरहेको हो । त्यतीबेला एमालेका सर्जन बोहराले ६२९ मत ल्याएर वडाध्यक्ष जितेका थिए ।

मतदान सफल बनाउन ९७ जना शशस्त्र प्रहरी र ८६ जना जनपथ प्रहरी गरि १८३ जना सुरक्षाकर्मी खटिएका छन् भने उप निर्वाचनको बाहिरी सुरक्षामा नेपाली सेनाले गस्ती गरिरहेका प्रमुख जिल्ला अधिकारी ओम प्रसाद भट्टराईले बताए ।