Skip to main content

दार्चुलाको दुहुँ गाउपालिका ५ मा ४२ प्रतिसत मतदान (तस्बिरहरु)

Submitted by editor on
ईबिगुल संवाददाता
दुहुँ गाउँपालिका

दार्चुला : दार्चुला जिल्लाको  दुहुँ गाउँपालिका वडा ५ मा वडाध्यक्ष पदका  लागि भएको उपनिर्वाचनमा दिउसो १ बजेसम्म ५३८ मत खसेका छन । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार दिउसो १ बजेसम्म ५३८ मत खसेका हुन ।

दुहुँ गापा ५ गरमैरामा रहेको मतदान केन्द्र २ मतदान केन्द्र राखिएका छन । मतदान केन्द्र (क) ११२ महिला र पुरुष १५८ पुरुष गरी २७० मत, मतदान केन्द्र (ख) मा १३७ जना महिला र १३१ जना पुरुष गरी २६८ मत खसेका छन ।

वडा नम्बर ५ मा कुल १२ सय ७२ मतदाता रहेका छन । दिउसो १ बजेसम्म कुल मतदाताको ४२ प्रतिसत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

दुहुँ ५ को वडाध्यक्षका लागि एमालेबाट मान सिह बडाल, काँग्रेसबाट धनसिह कुवर, नेकपा माओवादी केन्द्रबाट विर सिह कार्की र स्वतन्त्र उमेदवार लाल बहादुर कुवर गरी चार जना चुनावी मैदानमा छन ।

वडाध्यक्ष मनोरथ भट्टको निधन भएकाले दुँहु ५ मा उप निर्वाचन भईरहेको हो । भट्ट त्यतीबेला नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा जितेका थिए ।