कञ्चनपुरः कञ्चनपुरमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ ।
बेल्डाँडी गाउँपालिका–३ खैरिघाटमा बेलडाँडीबाट कलकत्ता जादै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३६१० नम्बरको ज्ञानसाधना बोडिङ स्कुल, पचुईको स्कुल बसले सोही ठाउँ बस्ने मिनबहादुर कुँवरको २ वर्षीय छोरा सुशान्त कुँवरलाई ठक्कर दिएपछि बालकको घटनास्थलमै मृत्यु भएको हो ।
बस प्रहरीको नियन्त्रणमा रहेपनि बस चालक भने फरार रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको चालकको खोज तलास भईरहेको प्रहरीले बताएको छ ।