धनगढी : धनगढीमा १४ औं बृहत रक्तदान महोत्सव हुने भएको छ ।
बैतडी समाज कैलालीको आयोजनामा फागुन ३ गते (शनिबार ) को दिन १४औं बृहत् रक्तदान महोत्सव एवम् समाजको छैटौं साधारण सभा आयोजना गर्ने समाजका सदस्य बहादुर चन्दले जानकारी दिए ।
समाजले धनगढीमा रहेका सम्पुर्ण स्वयंसेवि रक्तदाता एवम् हरेक समाजिक मनहरुमा उक्त पुण्य कार्यमा सहभागिता लागि आग्रह गरेकाे छ ।
उक्त अवसरमा, पुर्ख्यौली घर बैतडी भई हाल कैलालीको विभिन्न ठाउँमा बसोबास गर्नुहुने सम्पुर्ण बैतडेली आमा-बुवा, दाजु-भाइ, दिदिबहिनी हरुमा समाजको छैटौं साधारण सभामा समुपस्थिती को लागि सादर निमन्त्रणा गरिएको समाजका सदस्य समेत रहेका चन्दले जानकारी दिए ।