कञ्चनपुरः कञ्चनपुरबाट १० लाख ८५ हजार २४० बराबरको अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका सामान बरामद गरिएको छ।
भीमदत्त नगरपालिका–४ बसपार्क, भीमदत्त नगरपालिका–१० भन्सार कार्यालय नजिक, भीमदत्त नगरपालिका–११ भुजेला, भीमदत्त नगरपालिका–१७ मझगाँउ चोक, बेलौरी नगरपालिका–१ बैशाखी र दोधारा चाँदनी नगरपालिका–९ कालिका हाटबजारबाट उक्त मुल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
चिनी, बिडी, खानेतेल, चक्लेट, सुर्ती, पेय पदार्थ, खेलौना, जुत्ता, बिभिन्न किसिमका कपडा, कस्मेटिक, हार्डवेयर, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले मंगलवार बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।