Skip to main content

स्वस्तिक अस्पताल धनगढीले आज निःशुल्क उपचार गर्ने

Submitted by editor on
ईबिगुल संवाददाता
 स्वस्तिक अस्पताल

धनगढीः धनगढी उपमहानगरपालिका–३ सहिद गेटस्थित स्वस्तिक अस्पतालले फागुन २४ गते शनिवारका दिन अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिलाहरूलाई लक्षित गरी निःशुल्क ओपीडी सेवा सहितको स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ।

शिविरमा पाठेघर, छाती, पेट, मिर्गौला, हाड जोर्नी, नाक, कान, घाँटी लगायत विभिन्न रोगसम्बन्धी विशेषज्ञ सेवाहरू प्रदान गरिनेछ। शिविरमा महिला तथा प्रसूति रोग विशेषज्ञ डा. अञ्जना काफ्ले, जनरल फिजिसियन डा. सुनिल पाण्डे, मिर्गौला तथा मूत्र प्रणाली रोग विशेषज्ञ डा. जोनस तिवारी, मेरुदण्ड तथा हाड जोर्नी रोग विशेषज्ञ डा. उत्सव श्रेष्ठ, जनरल तथा ल्याप्रोस्कोपिक शल्य चिकित्सक डा. राजीव चौधरी, नाक, कान, घाटी रोग विशेषज्ञ डा. ज्ञान राज अर्याल, तथा रेडियोडायग्नोसिस विशेषज्ञ डा. रिहा ढुंगेलले सेवा प्रदान गर्ने अस्पतालका अध्यक्ष दिपेन्द्र प्रसाद तिवारीले जानकारी दिए।

स्वास्थ्य सेवाबाट बन्चित रहेका सिमान्तकृत क्षेत्रका जनताका लागि निशुल्क शिविर आयोजना गरिएको अध्यक्ष तिवारीले बताए। शिविर अन्तर्गत ओपीडी सेवा निःशुल्क प्रदान गरिनेछ भने भिडियो एक्स–रे तथा ल्याब परीक्षण सेवामा ५० प्रतिशत छुट उपलब्ध गराइनेछ। साथै, शिविरमा चेकजाँच गराउने बिरामीहरूको आवश्यक अपरेशनमा विशेष छुटको व्यवस्था गरिएको छ।

शिविर फागुन २४ गते, शनिवार बिहान ९ बजे देखि साँझ ५ बजे सम्म सञ्चालन हुनेछ। इच्छुक सेवाग्राहीहरूलाई अग्रिम नाम दर्ताका लागि अस्पतालमा सम्पर्क गर्न अनुरोध गरिएको छ। भने सो अवसरमा धनगढी उपमहानगरपालिकाकी उप–प्रमुख कन्दकला कुरमारी रानाले पनि शुभकामना व्यक्त गरेकी छन्।