Skip to main content

खैरो हेरोइनसहित कञ्चनपुरमा ३ जना पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
पक्राउ

 कञ्चनपुरः कञ्चनपुरमा खैरो हेरोइनसहित ३ जना पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरापलिका–१ खल्ला स्थित सुदूरपश्चिम प्रदेश ०१–०१३ प १४५ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा २ दशमलव शुन्य ७ ग्राम खैरो हेरोइन सहित ३ जना पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा पुर्नवास नगरापलिका–१ अंशुबर्मा बस्ने २२ वर्षीय अभिषेक मोक्ताङ, कैलालीको धनगढी उपमहानगरापलिका–११ धुडसुवा बस्ने २१ वर्षीय अरुण गैराल र धनगढी उपमहानगरापलिका–८ क्याम्पस रोड बस्ने १७ वर्षीय किशोर रहेका छन्।

तिनै जनालाई खैरो हेरोइन र मोटरसाईकलसहित इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ति टोलीले नियन्त्रणमा लिएको छ।