Skip to main content

जिप दुर्घटना हुँदा कैलालीमा एक जनाकोे मृत्यु, ३ घाइते

Submitted by editor on
ईबिगुल संवाददाता
दुर्घटना

धनगढीः कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

भने २ जना घाइते भएका छन्। शनिवार जिल्लाको चुरे गाउँपालिका–५ निङलाडी स्थित भीमदत्त राजमार्गमा डोटी दिपायलबाट धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १५२२ नम्बरको जिप आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उक्त दुर्घटनामा चालक डोटीको सायल गाउँपालिका–४ भाङयारे बस्ने २२ वर्षीय शंकर बोगटी खघाईते भएका हुन्।

घाइते बोगटीलाइ उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जनाइएको छ। उक्त जिपमा सवार अन्य तीन जना भने घाइते भएका छन्। घाइते हुनेमा डोटीको दिपायल सिलगढी नगरपालिका–१ बस्ने २१ वर्षीय हिमाल खडका, सोही ठाउँ बस्ने २१ वर्षीय सुरेश खडका र सायल गाउँपालिका–६ बस्ने १६वर्षीया कविता साउद रहेका छन्।

घाइते तीनै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भईरहेको छ। जिप सडकबाट अन्दाजी १५ मिटर तल खसेको प्रहरीले जनाएको छ।