Skip to main content

४९ हजार ८५० मूल्य बराबरका भन्सार छलीका सामान कैलाली र कञ्चनपुरबाट बरामद

Submitted by editor on
ईबिगुल संवाददाता
भन्सार छली

धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहा र भजनी नगरपालिका–९ पहलवानबाट अवैध रूपमा भारतबाट भन्सार छली गरि ल्याएका करिब ४९ हजार ८५० मूल्य बराबरको भनसार छलीका सामान प्रहरीले बरामद गरेको हो।

उक्त मूल्य बराबरको भन्सार छलीका बिडी, सुर्ती, डेरी क्रिम, सिद्रा माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। यस्तै कञ्चनपुरबाट पनि प्रहरीले भन्सार छलीका ७४ हजार ५३० मूल्य बराबरका भन्सार छलीका समान बरामद गरेको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–१० सुकाशालबाट अवैध रुपमा भारतबाट भन्सार चली गरि ल्याइएका भन्सार छलीका खाद्यान्न तथा कस्मेटिक सामान अस्थायी प्रहरी बिट सुकाशाल, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले जनाएको छ।