Skip to main content

ग्यास सिलिन्डर पड्किदा धनगढीमा ३ जना घाइते

Submitted by editor on
ईबिगुल संवाददाता
ग्यास सिलिन्डर पड्किदा

धनगढीः कैलालीको धनगढीमा ग्यास सिलिन्डर पड्किदा ३ जना घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका–६ मटियारीमा ३६ वर्षीया मिना खड्काको घरमा सिलिन्डर जोड्ने क्रममा ग्यास एक्कासी पड्किदा ३ जना घाइते भएका हुन्। सिलिन्डर पड्किदा खड्कासहित ग्यास बिक्रेता ४० वर्षीय गोविन्द जोशी र खड्काकी २० वर्षीया छोरी चन्द्रा घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरुको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।