Skip to main content

बझाङकी एक महिला कैलालीबाट चरेशसहित पक्राउ

Submitted by editor on
ईबिगुल संवाददाता
पक्राउ

धनगढीः कैलालीबाट बझाङकी एक महिला चरेशसहित पक्राउ परेकी छिन्।

कैलालीको गोदावरी नगरपालिका–९ बिजुलियाबाट बझाङको केदारस्यु गाउँपालिका घर भई हाल गोदावरी नगरपालिका–९ बिजुलिया बस्ने ४५ वर्षकी महिला गौरी गुरुधामी पक्राउ परेकी हुन्। गुरुधामीलाई २५० ग्राम चरेशसहित वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।