धनगढीः कैलालीबाट लागूऔषधसहित डोटीका दुई पक्राउ परेका छन्।
कैलालीको चुरे गाउँपालिका–३ टेडी बजार नजिक भीमदत्त राजमार्गमा डोटीको बडीकेदार गाउँपालिका–२ बस्ने २७ वर्षीय गोपालबहादुर सलामीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–०१२ प ९७९ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा ७० ट्याबलेट टेपेन्टडोल
फेला पारी उक्त ट्याबलेट, मोटरसाइकल र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने २० वर्षीय मिलन मास्के मगर पक्राउ परेका हुन्। दुवै जनालाई इलाका प्रहरी कार्यालय फल्टुडे, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।