कञ्चनपुर : कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद गरिएको छ।
कञ्चनपुरको बेलौरी नगरपालिका २ चारघरुवा र पुनर्वास नगरपालिका(११ नमुना ईट्टाभट्टा नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ७४ हजार ८५० बराबरका सामान बरामद गरिएको छ। भन्सार छलीको बिडी, सुर्ती, चक्लेट, ब्याट्री, पेय पदार्थ, बोईलर कुखुरा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।