Skip to main content

धोती दिवश मनाईरहेका मधेसी समुदायमाथि प्रहरी हस्ताक्षेप

Submitted by editor on
ईबिगुल संवाददाता
धोती दिवश

काठमाण्डौं : नेपालीहरुले टोपी दिवस मनाउदै सामाजिक सञ्चाल तातिरहेका बेला मधेसी समुदायले आजको दिनलाई धोती दिवश मनाएका छन । काठमाण्डौंको माईतीघर मण्डलामा भेला भएर मधेसी समुदायले धोती दिवश मनाएका हुन । धोती लगाएर माईतीघर मण्डलामा भेला भएपछि प्रहरीले हस्तक्षेप गरेको छ । 


प्रहरीले जनमत पार्टीका अध्यक्ष सिके राउत सहितका नेता कार्यकर्ता पक्राउ गरेको छ । विद्यार्थी जनमत संघको ब्यानगर बनाएर मधेसी समुदायका केही ब्यक्तिहरु माईतीघर मण्डलामा भेला भएका थिए । तर प्रहरीले त्यस क्षेत्रलाई निषेधीत क्षेत्र घोषणा गरेकाले पक्राउ गरेको जनाएको छ । 


माइतीघरदेखि नयाँबानेश्वरसम्म स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । निषेधित क्षेत्रमा प्रदर्शन भएकाले नियन्त्रणमा लिएको प्रहरील जनाएको छ ।